Logo
Logo

सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु


378
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा दुई घर पहिरोले बगाउँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको सोलुदुधकु्ण्ड नगरपालिका वडा नम्बर ९ र १० मा शनिबार गएको पहिरोमा परेर पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार मृत्यु हुनेमा वडा नम्बर ९ स्थित माइती घर आएकी सोलुदुधकुण्ड नगरपालिका २ का छिरिङ शेर्पाको श्रीमती अन्दाजी वर्ष २३ की ल्हामु शेर्पा, उनकी सात महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका वडा नम्बर ९ की वर्ष २९ की रिना तामाङ रहेका छन् ।

यस्तै सोलुदुकुण्ड नगरपालिका–१० चैलुङकी ३३ वर्षीया कविता मगर र सोही ठेगानाका वर्ष–२४ की रुपु मगरको पहिरोमा ज्यान गएको प्रनाउ घिमिरेले जानकारी दिए । शनिवार दिउँसो करिब १२ः२० बजेको समयमा लगातार परेको अबिरल वर्षाको कारण चैलुङका टेक बहादुर मगरको ढुङ्गामाटोले बनेको काठको छानो भएको १ तले घरको माथिबाट गएको पहिरोले घर बगाउँदा कविता र रुपुको मृत्यु भएको थियो ।

यस्तै, सोही नगरपालिका–९ छेवर बस्ने डिमा दावा शेर्पाको ढुङगा माटोले बनेको घर पहिरोले बगाउँदा घर भित्र बसेका छिरिङ फुर्वा र रिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त पहिरोमा परी अन्दाजी ६२ वर्षीया याङजी शेर्पा गम्भीर घाइते भएकी छन् । घाइते शेर्पाको वाङछु मेमोरियल अस्पताल सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङमा उपचार भइरहेको छ । मृतकहरुको शव सोही अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्