Logo
Logo

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहान साढे ११ बजे बस्ने भएको हो ।

बैठकमा देशभर विपद्का कारण उत्पन्न समस्या, समसामयिक राजनीतिक गतिविधि, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

यसअघि, शनिवार बसेको पार्टीको आकस्मिक बैठकले विपद् प्रतिकार्यमा खट्न निर्देशन दिएको थियो । पार्टीले केन्द्रीय समिति बैठक पश्चात् आजै दिउँसो २ः३० बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्