Logo
Logo

सबै विमानस्थलमा नियमित उडान सुरू


504
Shares

काठमाडौं । देशभरका विमानस्थलहरुमा उडान सुचारु भएका छन् । तीन दिनदेखि प्रभावित भएको आन्तरिक उडान माैसम खुलेसँगै आजदेखि नियमित सञ्चालनमा आएको हो ।

हुस्सुका कारण बिहान केही बेर उडान प्रभावित भए पनि ९ बजेदेखि भने सबै विमानस्थलमा नियमित उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि बिहीबार केही विमानस्थलमा उडान हुन सकेको थिएन भने खराब मौसमका कारण शुक्रबार र शनिबार भने अधिकांश विमानस्थल ठप्प रहे ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल आन्तरिक उडानको ३० प्रतिशत मात्रै भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्