Logo
Logo

राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसकाे निर्णय


441
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकारको राहत कोषमा पचास लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले सो निर्णय गरेको हो ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले बाढी पहिरो पीडितको सहयोगका लागि संसदीय दलले सहयोग गर्ने र सबै सांसदहरूको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

साथै, बैठकले बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गरेको छ । बेपत्ताको खोजीलाई तीव्र गर्न सरकारको ध्यानाकर्षण गराउँदै सबै घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग माग गरेको हो ।

बैठकको निर्णय सुनाउँदै प्रवक्ता महतले पार्टीको संरचना तथा भातृ शुभेच्छुक संस्थालाई पनि नागरिकलाई सहयोग गर्न अपिल गर्ने निर्णय भएको बताए । उनले भने, ‘कयौँ ठाउँको सडक छैन, आवतजावत गर्ने कुरा अवरुद्ध भएको अवस्थामा पुल सडकलाई चाँडोभन्दा चाँडो निर्माण गर्नुपर्ने छ । बेलब्रिज उपलब्ध गराउने र चाडबाडको अवसरमा आम नेपाली आफ्नो घरमा जान सिक्ने बनाउन सरकारलाई अनुरोध गरेका छौ ।’

प्रतिक्रिया दिनुहोस्