Logo
Logo

झ्याप्ले खोला पहिरोबाट २७ शव निकालियो


315
Shares

काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डअन्तर्गत झ्याप्ले खोलाको पहिरोबाट २७ जनाको शव निकालिएको छ । हिजो शनिबार १४ र आज आइतबार १३ वटा शव निकालिएको धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम केसीले जानकारी दिए ।

शनिबार बिहान करिब ४ बजेतिरको समय जाममा रोकिएका बेला पहिरो जाँदा चार वटा सवारीसाधन पुरिएको आशंका गरिएको छ । तीनवटा देखिएको छ भने अर्को खोजीको क्रममा रहेको उनले बताए ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीका १०० भन्दा बढी जनशक्ति मिलेर शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्