Logo
Logo

उद्धार र राहतमा खट्ने एमालेको निर्णय, शुभकामना कार्यक्रम स्थगित


378
Shares

काठमाडौं । नेकपा एमालेले बाढीपहिरो र डुबानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटीहरुलाई परिचालन गर्ने भएको छ । आइतबार बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले तत्काल उद्धार कार्यमा पार्टी कमिटीहरु परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णयबारे एमाले विपद व्यवस्थापन विभागका प्रमुख खिमलाल भट्टराईले भने, ‘सम्पूर्ण कमिटीलाई पीडितहरुको उद्धार र राहत वितरणमा केन्द्रीत हुन निर्देशन दिइएको छ ।’

साथै, उद्धार, राहत वितरण र पुनर्स्थापनामा केन्द्रित हुन सरकारलाई सुझाव दिने समेत एमालेले निर्णय गरेको छ । आइतबार सरकारले बोलाएको सर्वदलीय बैठकमा महासचिव शंकर पोखरेलले पार्टीका तर्फबाट सुझावहरु राख्ने भएका छन् ।
साथै, एमालेले आगामी १६ असोजसम्म शुभकामना आदानप्रादन कार्यक्रम स्थगित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्