Logo
Logo

खुमलटारमा माओवादी केन्द्रको बैठक जारी


1k
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक खुमलटारमा जारी छ । जारी बैठकमा अविरल वर्षा, बाढी, पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भइरहेको एक नेताले जानकारी दिए ।

बैठकमा प्रभावितहरुको उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा पनि छलफल भइरहेको बताइएको छ । बिहीबारदेखिको अविरल वर्षाका कारण देशभर १४८ जनाको मृत्यु भएको छ ।

वर्षका कारण अझैँ ५५ जना बेपत्ता हुनुका साथै १०१ जना घाइते भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्