Logo
Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


2.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । उनले साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरो तथा डुबानकाबाट भएको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्