काठमाडौं । सरकारले मनसुनजन्य विपद्का कारण भएको क्षतिको विवरण सङ्कलन गर्न ‘टास्कफोर्स’ गठन गर्ने निर्णय गरेको छ ।
गृहमन्त्री नेतृत्वको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको सोमबार बसेको बैठकले प्राधिकरणका सहसचिवको संयोजकत्वमा टास्कफोर्स गठन गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले टास्कफोर्स गठन गरेर १५ दिनभित्र क्षतिको विवरण सङ्कलन गर्ने निर्णय भएको जानकारी दिए ।
जसमा गृह, अर्थ, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि, शिक्षा, सहरी, खानेपानी, ऊर्जा, सूचना मन्त्रालयका विज्ञ र अन्य क्षेत्रका विज्ञ सम्मिलित हुनेछन् ।