Logo
Logo

सशस्त्र प्रहरीद्वारा विपद् प्रतिकार्यमा ७ हजार ४ सयभन्दा बढी सुरक्षा फौज परिचालन


315
Shares

काठमाडौं । गत बिहीबारदेखि सुरु भएको अविरल बर्षाको कारण नेपालका विभिन्न जिल्लाहरुमा भएको घटनाहरुमा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट ७ हजार ४ सय ३३ जना जनशक्ति परिचालित भई बाढि, पहिरो र डुवानमा परेका ३ हजार ६ सय २६ जनाको सकुशल उद्धार गरेको छ भने १ सय ४९ जनाको मृत्यु, ५९ जना वेपत्ता, ६० जना घाइते र ३ सय ३८ ठाउँमा भौतिक क्षति भएको छ ।

उपत्यकाको काठमाडांै, ललितपुर र भक्तपुर ३ वटै जिल्लामा करीब ११ सय जनशक्ति परिचालित भई १ हजार ९ सय ०२ जनाको सकुशल उद्धार गरिएको छ भने ७४ जनाको मृत्यु, २० जना वेपत्ता, १० जना घाइते र २ स्थानहरुमा भौतिक क्षेति पुगेको छ ।

यसैगरी कोशी प्रदेशको पाँचथर, ओखलढुङ्गा, धनकुटा, झापा, मोरङ, सोलुखुम्बु, सुनसरी, खोटाङ, ईलाम, उदयपुर र भोजपुरमा गरी १ हजार २९ जनाको सकुशल उद्धार गरिएको छ भने १७ जनाको मृत्यु, ८ जना वेपत्ता, ७ जना घाईते र २ सय ४७ स्थानमा भौतिक क्षति पुगेको छ ।

मधेश प्रदेशको रौतहट, महोत्तरी र सर्लाही जिल्लामा गरी ६८ जनाको सकुशल उद्धार गरिएको छ भने २ जनाको मृत्यु, १ जना वेपत्ता र ५५ स्थानहरुमा भौतिक क्षति भएको छ ।

यसैगरी बागमती (उपत्यका बाहेक) काभे्र, सिन्धुली, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, चितवन, नुवाकोट, रसुवा र रामेछाप जिल्लामा गरी ६ सय २७ जनाको सकुशल उद्धार गरिएको छ भने ३४ स्थानमा भौतिक क्षति, ५६ जनाको मृत्यु, ४३ जना घाइते र २८ जना वेपत्ता भएका छन् । यसैगरी लुम्बिनी प्रदेशको रुपन्देहीमा बाढिमा परी २ जना वेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्