Logo
Logo

बेपत्ता व्यक्ति १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने


315
Shares

काठमाडौं । सरकारले विपद्मा परी बेपत्ता भएका व्यक्ति १० दिनभित्र फेला नपरे उनीहरुका परिवारलाई मृतकसरह राहत दिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको सोमबार बसेको बैठकले बेपत्ता व्यक्तिका परिवारलाई पनि मृतक सरह राहत प्रदान गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बेपत्ता व्यक्ति १० दिनभित्र नभेटिए उनीहरुका परिवारलाई मृतकसरह राहत दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिने पनि निर्णय गरेको छ । मौसमजन्य विपद् प्रभावितका निम्ति राहत वितरणको प्रक्रिया एकद्वार प्रणालीबाट तत्काल सुरु सुरु गर्ने निर्णय समेत गरिएको छ ।

विपद्मा घरबास गुमाएका पहिचान गरी सात दिनभित्र लाभग्राही सूची तयार गरिनेछ । थप तीन दिनभित्र अस्थायी आवास निर्माणका निम्ति पहिलो किस्ता रकम उपलब्ध गराउने निर्णय पनि गरिएको छ । राहत रकम जिल्ला विपद् व्यवस्थापन समितिबाट उपलब्ध हुने प्रवक्ता तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्