Logo
Logo

बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध कार्यवाहक राजदूतकै उजुरी


819
Shares

काठमाडौं । बेल्जियमको लागि प्रस्तावित राजदूत परराष्ट्र सचिव सेवा लम्सालविरुद्ध मातहतका कर्मचारीले नै उजुरी दिएका छन् ।

इजरायलको तेलअभिभस्थित नेपाली राजदूतावासको कार्यवाहक राजदूतमा कार्यरत कुमारबहादुर श्रेष्ठले सहसचिव हुँदादेखि नै लम्सालले कर्मचारीमाथि विभेद गरेको उल्लेख गरेका छन् ।

आफैँ विभेदको सिकार भएको उल्लेख गरेका उनले दुईपटकसम्म ुगु वर्गमा काम गरेको आफूलाई पुनः सोहीसरहकै दूतावास इजरायल सरुवा गरेको उल्लेख गरेका छन् । आफूले अवधि पुगेपछि योग्यता पुग्ने दूतावासमा मागेको सरुवामा समेत सनुवाइ नगरेको बताएका छन् ।

त्यसबाहेक श्रेष्ठले आफ्नो मातहतको देश साइप्रसका नेपालीका समस्या बुझ्न जान दिएको निवेदनमा समेत सुनुवाइ नगरेको उल्लेख गरेका छन् ।

श्रेष्ठले उजुरीमार्फत नेपालीहरूको समस्या समाधानमा कूटनीतिक प्राथमिकता लम्सालमा नरहेको सन्देश दिँदै उनी राजदूत पदका लागि अयोग्य भएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्