Logo
Logo

विपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू पैदलै फर्कन थाले (तस्बिरसहित)


1.6k
Shares

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट विपी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू पैदलै फर्कन थालेका छन् ।  

काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्मको बिभिन्न स्थानको सडक अवरुद्ध भएपछि फसेका यात्रुहरू पैदलै फर्कन थालेका हुन् । तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनु परेको यात्रुहरूले गुनासो गरेका छन् ।

उनीहरुले सडक खोल्नका लागि ढिलाई भएको गुनासो समेत गरेका छन् । काभ्रेको १३  वटा स्थानीय तहमध्ये रोसी गाउपालिका, पनौती नगरपालिका, तेमाल गाउपालिका र बेथानचोक गाउपालिका धेरै बाढी र पहिरोबाट प्रभावित भएका छन् । राजमार्गमा सयौँ यात्रुहरू बीचबाटोमै ३ दिनदेखि अलपत्र परेका छन् ।

३ दिनसम्म बाढी र पहिरोले सडक अवरुद्ध भएपछि राजमार्गमा फसेर पैदलै फर्केका यात्रुहरूले सहज रुपमा पानी खाना समेत नपाएको जनाएका छन् ।

बाढी, पहिरोबाट प्रभावित र राजमार्ग अलपत्र अवस्थामा रहेका यात्रुहरूलाई उद्धार गर्नको लागि आइतबार बिहानबाट नेपाली सेनाले खाद्य रासन हेलिकप्टरमार्फत उपलब्ध गराएको थियो । तर हेलिकप्टरबाट हजारौं यात्रुको उद्धार सम्भव देखिएको छैन । काभ्रेमा मात्रै बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्