Logo
Logo

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर


1.9k
Shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।

प्रसाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका हुन् । प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्