Logo
Logo

हाइड्रोमा अपी पावरको अर्को बद्मासी


441
Shares

काठमाडौं । हाइड्रोपावरको क्षेत्रमा पटक पटक बद्मासी गर्दै आएको अपी पावर कम्पनीको अर्को बद्मासी भेटिएको छ । सञ्चालकहरू नै इन्साइडर ट्रेडिङमा लाग्नेदेखि ठेक्कामा समेत बद्मासी गर्नेहरूले यस पटक भने सर्वसाधारणलाई लाभांशमा समेत धोका दिएका छन् ।

सर्वसाधारण शेयर सदस्यहरूलाई स्टक मार्केटमा भिडाएर आफू उम्किने गरी लाभांशमा बद्मासी गरेका हुन् । यसलाई विद्युत नियमन विभागले भने रोकिदिएको छ । कम्पनीमा हुँदै नभएको नाफा देखाएर लाभांस वितरण गर्न खोज्दा विद्युत नियमन विभागले यसलाई रोकिदिएको हो ।

नाफा देखाएर बोनस शेयर वितरण गर्ने र प्रतिशेयर आम्दानी बढेको देखाएर शेयर बजारबाट सञ्चालकहरू उम्कने र सर्वसाधारणलाई भिडाएर राख्ने नीति अनुरुप लाभांश वितरण गर्न लागिएको थियो ।

अपी पावर हाइड्रोपावरले संखुवासभास्थित इङवा खोला हाइड्रोमा भएको संस्थापक शेयरको बजार भ्यालुलाई आधार मानेर नाफा देखाइएको थियो ।

जसको लकिङ अवधि बाँकी हुँदा नै यो अवस्था सिर्जना गरिएको थियो । लकिङ अवस्था नै सकिएको छैन, शेयर बजारको मूल्यवृद्धि भएको भनेर नाफा नोक्सान हिसाबमा देखाएको थियो । यसबाट अपिको प्रतिशेयर आम्दानी बढाएर आम्दानी नै नभएको नाफाबाट लाभांश बाँड्ने निर्णय गरेको भन्दै आयोगले तत्काललाई रोकिदिएको छ ।

नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस) अनुसार लकिङ अवधि नखुलेका संस्थापक शेयर लगानीकर्ताहरुलाई नाफा नोक्सान हिसाबमा देखाउन मिल्दैन । बरु ‘फेयर भ्यालु गेन’ (उचित मूल्य लाभ) लाई अन्य आम्दानी भनेर देखाउन भने मिल्छ ।

अपी हाइड्रोपावरले गत भदौ ७ गते सञ्चालक समिति बैठक राखेर ‘आव २०८०÷८१ को खुद मुनाफाबाट हाल कायम रहेको कम्पनीको चुक्ता पुँजी रु. ५७८.६५ करोड रुपैयाँको शेयर शेयरधनीहरुलाई ९ प्रतिशतका दरले बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने’ निर्णय गरेको थियो । सोही बैठकले उक्त लाभांश वितरणका लागि विद्युत् नियन आयोगको स्वीकृति तथा आगामी बस्ने कम्पनीको आव २०८०÷८१ को २१ औं वार्षिक साधारण सभाबाट अनुमोदन भई निर्णय भएपश्चात् मात्र वितरण गरिने’ निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार कम्पनीले लाभांश शेयर वितरणका लागि आयोग समक्ष निवेदन दिएको थियो । निवेदनका साथ संलग्न लेखापरीक्षकको प्रतिवेदनमा लेखा परीक्षकले बुँदा नं. १७ र ३७ प्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै असहमति जनाएको छ ।

लेखापरीक्षकले अपि हाइड्रोपावरले सहायक कम्पनी, एसोसिएट्स र अन्य कम्पनीको शेयरमा भएको लगानीको उचित मूल्यांकनबाट प्राप्त अवास्तविक नाफा नाफा–नोक्सान विवरण विवरणमार्फत आम्दानीमा स्थानान्तरण भएको र त्यस्ता अवास्तविक नाफाबाट लाभांश वितरण गर्न कम्पनीको व्यवस्थापनले प्रस्ताव गरेको उल्लेख गरेको छ ।

कम्पनी ऐन २०६३ को दफा १८२(५) मा ‘लाभांश वितरण गर्नको लागि छुट्याइएको मुनाफाको रकमबाट बाहेक अन्य कुनै किसिमबाट कम्पनीले लाभांशको भुक्तानी वा वितरण गर्न सक्ने छैन’ उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्