Logo
Logo

न्यायपरिषद्को कुनै पनि कदमले बार बिचलित हुँदैन : अध्यक्ष गोपालकृष्ण घिमिरे


504
Shares

काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफ्नो कमजोरी ढाक्नका लागि न्यायपरिषद्ले आफूविरुद्ध मुद्दा चलाउन खोजेको बताएका छन् । 

सोमबार बार एशोसिएसनमा पत्रकार सम्मेलन गर्दै घिमिरेले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध आवाज उठाउँदा अपहेलनामा कारवाही गर्न सक्ने गरि न्यायपरिषद्ले तयारी गरेको बताए । 

हरिकृष्ण कार्कीको प्रतिवेदनले नै न्यायालयमा भ्रष्टाचार भएको देखाएको अवस्थामा त्यही विषयलाई बारले उठाउँदा न्यायपरिषद् बारमाथि खनिएको उनले बताए । आफूले दिएको अभिव्यक्तिको जिम्मेवारी आफूले लिने भन्दै उनले जुनसुकै मुद्दा खेप्न पनि आफू तयार रहेको स्पष्ट पारे । न्यायपरिषद्को कुनै पनि कदमले बार बिचलित नहुने उनको भनाइ छ । 

उनले न्यायपालिका शुद्ध नभएसम्म बारको न्यायिक लडाइ जारी रहने बताए । 

प्रतिक्रिया दिनुहोस्