Logo
Logo

मुग्लिन-काठमाडौं सडक पाँच घण्टापछि एकतर्फी खुल्यो


882
Shares

काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत गजुरीमा सुख्खा पहिरो जाँदा अवरुद्ध पृथ्वी राजमार्ग करिब पाँच घण्टापछि एकातर्फी खुलेको छ ।

गजुरी गाउँपालिका–२ मा पर्ने परेवा भिरमा सोमबार साँझ करिब साढे सात बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जसले गर्दा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागी आएका सयौँ सवारी साधन र यात्रु सडकमा नै रोकिएका थिए ।

इलाका प्रहरी कार्यालय गजुरीसहितको टोलीले डोजरको सहयोगमा पाँच घण्टा पछि सडक एकातर्फ खुलाउन सफल भएको हो ।

दशैं पर्व नजिकिँदै गर्दा राजमार्गमा सवारी चाप बढेको छ । तर बिग्रिएको सडकमा यात्रा गर्न निकै जोखिम भएकोले थप समस्या आएको छ ।

प्रतिक्रिया दिनुहोस्