Logo
Logo

दशैंका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी


0
Shares

काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने भएको छ । सबै सडक अवरुद्ध भएकाले काठमाडौंबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएको भन्दै महासंघले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेको हो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैठक बसेर औपचारिक रूपमै अग्रिम टिकट काट्ने व्यवस्था स्थगित गर्न लागिएको जानकारी दिए । गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल बर्षाका कारण देशभरका अधिकांश सडक अवरुद्ध भएका छन् ।

सोमबार पृथ्वीराजमार्ग हुँदै गएका गाडी र यात्रु बीच बाटोमै अलपत्र परेकाले अग्रिम टिकट काटेर बस गुडाउन सक्ने अवस्था नरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्