Logo
Logo

दाउन्ने-बर्दघाट सडक आज रातभर बन्द हुने


378
Shares

काठमाडौं । महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभरि नै पूर्ण रूपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले एक सूचना जारी गर्दै १५ असोज राति १० बजेदेखि १६ असोज बिहान ५ बजेसम्म बर्दघाट–दाउन्ने सडक पूर्ण रूपमा बन्द हुने जानकारी दिएको हो ।

बर्दघाट नगरपालिका–४ दाउन्ने जंगलको खुर्साने खोलामा रिटेनिङ वाल भत्किएको छ भने करिब ४ सय मिटर सडक भास्सिएको छ । सडक भास्सिँदा विद्युत् प्रसारणको हाइटेन्सन टावर समेत ढलेको छ ।

सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबा बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो । तर, सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मंगलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्