Logo
Logo

झ्याप्ले खोलाबाट दुईतर्फी गाडी सञ्चालनमा


189
Shares

काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको धुनिवेशी नगरपालिका–९ मा पर्ने झ्याप्ले खोलाको अवरोध हटेको छ । पहिरो पन्छाएर झ्याप्ले खोलामा दुईतर्फी सवारी सञ्चालन सुरु भएको छ ।

झ्याप्ले खोलाको पहिरो पन्छाएर दुइतर्फी सवारी सञ्चान सुरु गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

झ्याप्ले खोलादेखि नागढुंगासम्म मध्यान्ह ११ बजेदेखि १ बजेसम्म मोटरसाइकल समेत चलाउन रोक लगाएर पहिरो पन्छाइएको थियो ।

झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरूमध्ये १३ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्