Logo
Logo

न्यायपरिषद्ले गरेका गैरसंवैधानिक कामको विरोध मात्रै गरेको हो : बार अध्यक्ष


189
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूमाथि दायर भएको अवहेलना मुद्दाको डटेर सामना गर्ने बताएका छन् ।

मङ्गलबार बारमा पत्रकार सम्मेलन गर्दै घिमिरेले आफ्नो अभिव्यक्तिलाई लिएर मुद्दा चलाइएको भन्दै बारले डटेर सामना गर्ने बताएका हुन् ।

उनले अदालतलाई होच्याउने कुनै कुरा नगरेको र न्यायपरिषद्ले गरेका गैरसंवैधानिक कामको विरोध मात्रै गरिएको धारणा राखे । न्यायलयमा भष्ट्राचार रहेको कुरा अघिल्ला प्रतिवेदनहरूले देखाएको अवस्थामा भ्रष्टाचारका विषयमा आफूले बोलेको कुराहरू स्वभाविक रहेको उनले बताए ।

घिमिरेले आफूलाई मन नपरेका विरुद्ध मुद्दा लगाउने कार्यको विरोध गर्दै जस्तोसुकै परिस्थिति आएपनि गैरसंवैधानिक क्रियाकलापविरुद्ध बोलिरहने स्पष्ट पारे ।  उनले मर्यादित तवरले विरोध जारी राख्ने र न्यायपरिषद्को कुनै पनि कदमले बार बिचलित नहुने धारणा राखे । 

प्रतिक्रिया दिनुहोस्