Logo
Logo

बाढीपहिरोबाट १७ अर्ब बढीको क्षति


189
Shares

काठमाडौं । तीन दिनको अविरल बर्षाका कारण निम्तिएको प्राकृतिक विपदबाट १७ अर्ब ७ करोड रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको विवरणअनुसार सबैभन्दा धेरै कृषि तथा पशुपंक्षी क्षेत्रमा क्षति भएको छ । उक्त क्षेत्रमा ६ अर्ब रुपैयाँ अनुमानित क्षति भएको अर्यालले बताए ।

त्यस्तै उर्जा क्षेत्रमा चार अर्ब, खानेपानी क्षेत्रमा तीन अर्ब ५५ करोड, सडक संरचनामा दुई अर्ब ५२ करोड र सिंचाइ क्षेत्रमा एक अर्ब बराबरको अनुमानित क्षति भएको जानकारी उनले दिए ।

उनका अनुसार बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएका थिए । उनका अनुसार बाढी–पहिरो र डुबानबाट २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् ।

खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्