Logo
Logo
सहकारी ठगी प्रकरण

ढोरपाटनका मेयरलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


567
Shares

पोखरा । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

भारतको दिल्लीमा पक्राउ गरी आइतबार बागलुङ ल्याइएका नेपालीको सोमबार बयान सकेर मङ्गलबार भएको थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

त्यस्तै, इमेज सहकारी ठगी प्रकरणमै पक्राउ परेका देवकुमारका दाइ ओमबहादुर दर्जीलाई डेढ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।

प्रतिक्रिया दिनुहोस्