Logo
Logo

माओवादी केन्द्रद्वारा बाढीपहिरो पीडितको उद्धार र राहत वितरण गर्न ‘हेल्प डेक्स’ सुरु


126
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मंगलबारदेखि बाढी पहिरो पीडितहरूको उद्धार र राहत वितरणमा सहयोग पुर्‍याउन आपत्कालीन सहायता कक्ष (हेल्प डेक्स)को सुरु गरेको छ ।

पार्टीको विपद् व्यवस्थापन विभागको कमाण्डमा केन्द्रमा विपद् व्यवस्थापन आपत्कालीन सहायता कक्ष स्थापना गरेको हो । उपत्यकाको तीन जिल्लामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कमाण्डमा अनुगमन टोली बनाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

अध्यक्ष प्रचण्डको कमाण्डमा खटिएका टोलीले बाढी प्रभावित क्षेत्रको जनताका वास्तविक समस्या, तत्काल गर्नुपर्ने काम, दीर्घकालीन रूपमा गर्नुपर्ने कामका बारेमा प्रभावित क्षेत्रका नागरिकसँग अन्तरक्रिया छलफल र सुझावहरू संकलन काम सुरु भइसकेको उनले बताए ।

उद्धारका लागि पार्टी, जवस/मोर्चालाई परिचालन गरिएको उनले बताए । उपत्यका बाहिरका प्रभावित जिल्लामा पार्टी जवस/मोर्चाहरूलाई उद्धार र राहतका लागि खट्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्