Logo
Logo

काभ्रेमा सेनाको हेलिकोप्टरबाट करिव ८ सय जनाको उद्दार


252
Shares

काठमाडौं । काभ्रे जिल्लामा नेपाली सेनाको हेलिकप्टरबाट हालसम्म करिव ८ सय जनाको उद्दार गरिएको छ । केहि दिनअघि परेको अबिरल वर्षाका कारण काभ्रेको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा फसेकालाइ नेपाली सेना तथा जिल्ला स्थित सुरक्षा निकाय र अन्य संघ संस्थाहरुको समेत समनवयमा उद्दार गरिएकोे हो ।

कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकशबहादुर सिंहले नेपाली सेनाका फौज विभिन्न स्थानमा परिचालन गरी खोज तथा उद्दार कार्यमा सक्रिय भएको बताए । असोज १० गते देखि निरन्तर परिरहेको अविरल बर्षातका कारण असोज ११ र १२ गते जिल्लाका विभिन्न स्थानमा क्षति भएको थियो ।

नेपाली सेनाको कालीजंग गणले मंगलटार क्षेत्रमा रहेका अलपत्र अवस्थाका नागरिकहरुलाई रोशी ९ मा खाद्यान्न समेत बितरण गरेको थियो भने ३७ ब्यक्तिहरुको उद्दार गरेको थियो । जसमा २३ जना घाईते थिए ।

पनौती नगरपालिका–१२ मा ३ जनालाई उद्दार गरी अस्पताल पठाइएको थियो । रोशी गाउँपालिकामा ३ बिदेशी नागरिक सहित ४० जनाको उद्दार गरेको सेनाले चौरीदेउराली, बेथान्चोक गाउँपालिकामा रहेका घाईतेहरुको पनि उद्दार गरेको छ ।

रोशी र तेमाल गाउँपालिकामा गणले २ सय भन्दा धेरै ब्यक्तिलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ भने सिन्धुली र रोशी गाउँपालिमा अलपत्र रहेका विदेशी नागरिकहरु सतिह ३७ जनाले तेश्रो चरणमा धुलिखेल ल्याएको थियो ।

खोज र उद्धारसँगै नेपाली सेनाले स्थानीयहरुको पुरिएका घरहरुको सामाग्री निकाल्न सहयोग गरिरहेका छन् भने नागरिकहरु पुरिएको अवस्थामा खोजका लागि सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्