Logo
Logo

उमेरहद विवाद : अखिल क्रान्तिकारीको बन्दसत्र स्थगित


378
Shares

काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जारी २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र स्थगित भएको छ ।

अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्ति जारी गर्दै आजका लागि तय भएको बन्दसत्र स्थगित भएको र असोज १७ गते बिहान १० बजे पुनः सञ्चालन गरिने जानकारी दिएको हो ।

असोज १० गते उद्घाटन भएको सम्मेलन संगठनमा रहन पाउने उमेरहद ३२ वा त्यो भन्दा कम तोक्ने वा उमेरहद नै नराख्ने भन्ने विषयमा विवाद अल्झिएर लम्बिइरहेको हो । विवाद नटुंगिएपछि त्यसको समाधान गर्ने जिम्मेवारी उपमहासचिव शक्ति बस्नेतले पाएका थिए ।

बस्नेतले मंगलबार रातिसम्म बागबजारस्थित होटल हार्दिकमा अखिल क्रान्तिकारीका पूर्वअध्यक्षहरू हिमाल शर्मा, रमेश मल्ल, नरेन्द्र न्यौपाने र वर्तमान अध्यक्ष पञ्चा सिंहसहित छलफल गरेका थिए । तर, उक्त छलफलबाट पनि समाधान निस्कन नसकेपछि आजको बन्दसत्र स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्