काठमाडौं, ६ जेठ ।
नेपालमा मंगलबार २७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये तीन जना काठमाडौंका र एक जना भक्तपुरका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङ अनुसार सबैभन्दा धेरै झापामा मंगलबार नौ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।
नेपालमा संक्रमितको संख्या चार सय ७ पुगेको छ । संक्रमितमध्ये झापाका एक जना मंगलबार निको भएका छन् ।