Logo
Logo

ललितपुरको बालकुमारीमा मनोहरा खोलामा पुरुषको शव भेटियो


252
Shares

काठमाडौं । ललितपुरको बालकुमारीमा बुधबार साँझ एक पुरुषको शव फेला परेको छ । मनोहरा खोला किनारमा शव देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार उक्त शव खोलाले बगाएर ल्याएको आशंका गरिएको छ ।

शवको पहिचान भएको छैन । शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्