Logo
Logo

टी-२० सिरिज : रोहितको अलराउन्ड प्रदर्शनमा नेपाल विजयी


441
Shares

काठमाडौं । आइसीसी टी–२० त्रिकोणात्मक सिरिजमा नेपालले ओमानलाई ५६ रनले हराउँदै उपाधि जित्ने सम्भावना कायमै राखेको छ । बिहीबार बिहान सम्पन्न खेलमा कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा ओमानमाथि लगातार दोस्रो जित निकाल्दै नेपाली टोलीले क्यानडामा जारी टी–२० त्रिकोणात्मक सिरिजमा सुखद अन्त्य गरेको हो ।

सिरिजमा ओमानसँगको पहिलो खेलमा नेपालले ३७ रनको जित निकालेको थियो । क्यानडासँग भने नेपाल पहिलो खेलमा ४ विकेट तथा दोस्रो खेलमा १४ रनले पराजित भएको थियो । नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो ।

जेसन मक्सुदले बनाएको ३५ रन नै ओमानका लागि सर्वाधिक रह्यो । कप्तान अकिब इलियासले २२ तथा प्रतिक अथाभालेले १२ रन थपे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन । १८ औँ ओभरमा कुशल भुर्तेलले दुई विकेट लिएपछि ओमान अलआउट भएको हो ।

ओमानलाई कम स्कोरमा रोक्न नेपालका कुशल भुर्तेलले ३ विकेट लिए । रिजन ढकाल, सन्दीप लामिछाने र रोहित पौडेलले समान २ विकेट लिए । सिरिजपछि नेपाली टोली अब स्कटल्यान्ड सम्मिलित आईसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिज खेल्न अमेरिका जानेछ ।

प्रतिक्रिया दिनुहोस्