Logo
Logo

बागमती र लालबकैया नदीमा आएको बाढीले गरेको क्षतिको निरीक्षण


315
Shares

रौतहट । पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वागमती र लालबकैया नदीमा आएको बाढीले गरेको क्षतिको निरीक्षण गरेका छन् । बुधबार गृह जिल्ला आएका नेता नेपालले असोज १२ गते बागमती नदीमा आएको बाढीले बाँध तोडी घर तथा खेलीबालीमा पुर्याएको क्षतिको निरिक्षण गरेका हुन् ।

पुर्वप्रधानमन्त्री नेपालले सुरुमा गढिमाई नगरपालिकाको वडा नम्बर ३ स्थित लक्ष्मीपुर पुगेका थिए । उनले बाढीले पु¥याएको क्षतिबारे नगरप्रमुख श्याम यादवसँग जानकारी र सुझाव लिएका थिए ।

वाँधमा भएको क्षति तथा खेतीबाली हेर्ने क्रममा नेता नेपाल गढिमाई नगरपालिका वडा नम्बर ६ का सिंगारमण र ७ का पकाहा धर्मपुर पुगि स्थानीयले भोगेका समस्या तथा समाधानका उपायबारे स्थानीयसँग संवाद गरेको नेकपा एसका नेता रेवन्त झाले बताए ।

यस्तै, विहीबार बिहान बागमति नदी किनाराको माघवनारायण नगरपालिका र राजदेबी नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकामा भएको क्षति तथा स्थानीय पिडितस्ँग भेटघाट गर्ने कार्यक्रम रहेको नेता झाले बताए ।

प्रतिक्रिया दिनुहोस्