Logo
Logo

लेबनानको राजधानी बेरुतमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु


189
Shares

काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ ।

हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलले बेरुतमा आक्रमण गरेको हो । यो पछिल्लो ठूलो आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । आक्रमणमा परी ६ जनाको मृतयु भएको भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो ।

त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ ।

प्रतिक्रिया दिनुहोस्