Logo
Logo

आज बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता हुँदै


252
Shares

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली तेस्रो मुलुक बङ्गलादेश जाने भएको छ । ४० मेगावाट बिजुली भारतको बाटो हुँदै बंगलादेश लैजाने भएकाले आज नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुन लागेको हो ।

आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) र बंगलादेशको बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ ।

दुईपक्षीय विद्युत् व्यापारबाट त्रिपक्षीय व्यापारमा प्रवेश गर्नु नेपालको समग्र ऊर्जा क्षेत्रका लागि कोशेढुंगा भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत् निर्यात गर्ने गरी काम सुरु गरिसकिएको बताए ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्