Logo
Logo

कोशी प्रदेशमा भारी वर्षा, सर्तकता अपनाउन आग्रह


1.1k
Shares

काठमाडौं । कोशी प्रदेशमा गएरातीदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो ६ घण्टामा इलाम, झापा, मोरङ र सुनसरीमा धेरै वर्षा भएकोले त्यस आसपास भइ बहने नदी तथा खोलामा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

साथै पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान गरिएको छ । यी क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

उदयपुर, रामेछाप, सिन्धुली, मकवानपुर, सप्तरी, सिरहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही स–साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्