Logo
Logo

मेक्सिकोका सैनिकले गोली हान्दा नेपालीसहति ६ जना आप्रवासीको मृत्यु


315
Shares

एजेन्सी । नेपाल, भारत र पाकस्तिानका आप्रवासी बोकेको ट्रकमा मेक्सिकोका सैनकिले गोली हान्दा ६ जनाको मृत्यु भएको छ । ग्वाटेमाला सीमा नजिकै गोली प्रहारबाट ६ जना आप्रवासीको ज्यान गएको मेक्सिकोको रक्षा विभागलाई उद्धृत गर्दै हन्दिुस्तान टाइम्सले जनाएको छ ।

दुई जना सिपाहीले ट्रकमा गोली हान्दा चार जना आप्रवासीको घटनास्थलमै ज्यान गएको र अन्य १२ जना घाइते भएका खबरमा उल्लेख छ । घाइतेमध्ये पछि थप दुई जनाको ज्यान गएको र १० जनाको अवस्था थाहा नभएको जनाइएको छ ।

यो घटनामा ज्यान गुमाउनेहरूको बारेमा वविरण प्राप्त भइसकेको छैन । ट्रकमा ३३ जना आप्रवासी रहेकामा १७ जना भने सकुशल रहेका खबरमा उल्लेख छ । गोली हान्ने दुई जना सिपाहीलाईलाई जिम्मेवारीबाट हटाइएको र अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्