Logo
Logo

मन्त्री भुपेन्द्र राईले गरे बाढीले बगाएको फोक्सिङटार पुलको निरीक्षण 


1.2k
Shares


काठमाडौं । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले सगरमाथा सडकको उदयपुरको गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दिक्तेल जोड्ने सगरमाथा मार्गअन्तर्गत उदयपुर र खोटाङको बीचमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीले बगाएको पक्की पुल निरीक्षण गरेका छन् । 

मन्त्री राईले बिहीबार फोक्सिङटारस्थित सुनकोशी नदीले बगाएको पक्की पुल निरीक्षण गरेका हुन्  । खोटाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित मन्त्री राईले निरीक्षणपछि गाईघाट-दिक्तेल सडकको मर्मत, सरसफाइ गर्न र फोक्सिङटारदेखी रसुवाघाटसम्म सडक मर्मत गर्न सम्बन्धित कार्यलयलाई निर्देशनसमेत दिएका छन् । 

त्यस्तै, उनले कोशीको पानीको बहाव घट्ना साथ बेलिब्रिज जोड्नको लागी आजैदेखि प्रकृया शुरु गर्न सुझाएका छन् । मन्त्री राईले बगाएको पुल निर्माण व्यवसायीले ठेक्का सम्झौता अनुसार सम्पन्न गरि नसकेको कारण सरकारलाई हस्तान्तरण भइनसेको हुनाले अबको प्रकृया र पुल चाँडो भन्दा चाँडो बन्ने सुनिश्चितताको लागी आवश्यक पहल गरेको बताएका छन् । 

बाढीले पुल बगाएपछि सगरमाथा सडकमार्ग अन्तर्गत गाईघाट दिक्तेल सडकमा यातायात सञ्चालन पूर्णरूपमा विच्छेद भएको छ । वि.सं २०६७ बाट निर्माण सुरु भएको उक्त पुल बल्ल २०७९ सालदेखि निर्माण सम्पन्न भएर सञ्चालन भएको थियो । 

एक सय ७८ मिटर लम्बाइ र ७ दशमलव ५ मिटर चौडाइको उक्त पुल रु १३ करोडमा निर्माण भएको हो ।  

प्रतिक्रिया दिनुहोस्