Logo
Logo

बिवाहको प्रलोभन देखाएर १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ


756
Shares

काठमाडौं । दाङमा एक १९ वर्षीय युवती सामुहिक बलात्कृत भएकी छन् । बिहीबार गढवा गाउपालिका ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खालि घरमा बोलाएर ती युवतीलाई चार जनाले पालैपाले जबर्जस्ती करणी गरेका हुन् ।

ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएका थिए । किरणले बोलाएपछि गएकी युवतीलाई उनीसहित चारजनाले बलात्कार गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए ।

सामुहिक बलात्कारको आरोपमा प्रहरीले किरणसहित चारैजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढवा गाउपालिका– ५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन् । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्