Logo
Logo

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओ अञ्जु श्रेष्ठ  


378
Shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले नवनियुक्त सीईओ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन् । यसअघि सीईओ रहेको विजयबहादुर शाहले असार १३ गते राजीनामा दिएपछि कम्पनीले सीईओमा श्रेष्ठलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

एभरेष्ट इन्स्योरेन्ससँग मर्जरपछि यो कम्पनी हिमालयन एभरेष्टको नामबाट सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्