Logo
Logo

एसिया रग्बीमा नेपाल पराजित


252
Shares

काठमाडौँ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा नेपालको पुरुष टिम बहराइनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको पुरुषतर्फको खेलमा नेपाल बहराइनसँग ७–२७ को स्कोरमा पराजित भएको हो ।

प्रतियोगितामा यो नेपालको दोस्रो पराजय हो । यसअघि भएको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ०–२४ को स्कोरले पराजित भएको थियो ।

यस्तै आजै भएको अन्य खेलमा जोर्डनले पाकिस्तानलाई २२–१५, कतारले साउदी अरेबीयालाई ३९–७, श्रीलङ्काले काजकिस्तानलाई ४३–०, भारतले बङ्गलादेशलाई ३१–० को स्कोरमा पारजित गरेको छ । चाइनिज ताईपेइले अफगानिस्तालाई २६–७ को स्कोरमा पराजित गर्यो ।

त्यस्तै पुरुषतर्फ भारतले श्रीलङ्कालाई २९–१० को स्कोरमा पराजित भएको थियो भने जोर्डनलाई फिलिपिन्सले ०–२६ ले पराजित गरेको थियो ।

भोलिसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपालसहित फिलिपिन्स, बहराइन, काजाकिस्तान, अफगानिस्थान, उज्वेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरेबिया, जोर्डन, बङ्गलादेश, चाइनिज ताईपेइ र श्रीलङ्का रहेका छन् । प्रतियोगिताको विजेता टिमले स्वर्ण पदकसहित च्याम्पियन ट्रफी पाउनेछ ।

यसैगरी आजै भएको महिलातर्फको खेलमा नेपाल ग्वामसँग ५–१७ को स्कोरमा पारजित भएको छ । यो नेपालको दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा फिलिपिन्ससँग नेपाल ३२–० को स्कोरमा पराजित भएको थियो । महिलातर्फ आयोजक नेपालसहित, फिलिपिन्स, भारत, ग्वाम, श्रीलङ्का, इरान, उज्वेकिस्तान र इन्डोनेसिया सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्