Logo
Logo

माछापुच्छ्रे बैंकको २४औं वार्षिकोत्सवमा विविध कार्यक्रम


315
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २४औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनाभरि वार्षिकोसत्व अभियान सञ्चालन गरिरहेकोको जनाएको छ ।

१८ असोजमा केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरूमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको बैंकले जनाएको छ ।

हरेक वर्ष १७असोजलाई वार्षिकोत्सव दिनको रूपमा मनाउँदै आएको बैंकले यस वर्ष २४औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकलाई विभिन्न प्रकारका विशेष सुविधा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

देशभर रहेका विभिन्न शाखा मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोगका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको बैंकको भनाइ छ ।

बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्द्धन कार्यक्रम जस्ता सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिरहेको छ ।

बाढी पहिरोमा परी विस्थापित भएका काभ्रेको रोशी गाउँपालिका–१ र २ का बाढी पहिरो पीडित घरपरिवारलाई २०० थान ब्लाङ्‍केट बैंकले प्रदान गरेको छ ।

बाढी पहिरोका कारण विभिन्न स्थानहरुमा बाटो अवरुद्ध हुदाँ बैंकले उक्त ब्लाङ्‍केट रोशी गाउँपालिका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरेको हो ।

बैंकले २४औं वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफर सञ्चालनमा ल्याएको छ । बैंकले १ असोजदेखि ३० असोजसम्मको अवधिमा यस बैंकको मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याएको छ ।

बैंकको डेबिट कार्ड लिने ग्राहकले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गरिरहेको छ ।

बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिका लागि एकमुष्ट २ हजार ४ सय रुपैयाँमा प्रदान गरिरहेको छ ।

साथै बैंकले मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्