Logo
Logo

सहकर्मीमा संक्रमण देखिएपछि कालिमाटीका डेढ सय प्रहरी क्वारेन्टाइनमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ जेठ ।
सहकर्मीमा कोरोना संक्रमण देखिएपछि कालिमाटी वृत्त र ट्राफिक प्रभागमा करिब डेढ सय प्रहरी क्वारेन्टाइनमा बसेका छन् । उनीहरुको आज स्वाव लिएर परीक्षण गर्न लागिएको छ ।


वृत्तमा कार्यरत एक सई र एक सिपाहीमा मंगलबार संक्रमण देखिएको थियो । उनीहरुमार्फत अन्यमा सरेको आशंकामा सबैको परीक्षण गर्न लागिएको हो ।
संक्रमित रहेका प्रहरीको बलम्बुस्थित अस्पतालमा भर्ना गरिएको छ । वृत्तका सबैजसो प्रहरी क्वारेन्टाइनमा बसेपछि त्यहाँ अन्यत्रबाट प्रहरी खटाइएको छ ।

हालसम्म नेपालमा एक जर्नेलसहित ११ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको छ । बढ्दो संक्रमणका बीच पनि सुरक्षाकर्मीहरु आफ्नो डिउटीमा अहाेरात्र भएर खटिएका छन् । पर्याप्त स्वास्थ्य सुरक्षासम्बन्धि सामाग्री पाउन नसकेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्