Logo
Logo

भारतीय सेनाका मेजर जनरल देवगण स्वदेश फिर्ता


126
Shares

काठमाडौं । भारतीय सेनाका मेजर जनरल चरणजीतसिंह देवगन (वाईएसएम, कर्णेल अफ द रेजिमेन्ट, ३ गोर्खा राइफल्स) ६ दिने नेपाल भ्रमण गरेर स्वदेश फर्किएका छन् । १४ असोजमा नेपाल भ्रमणका लागि काठमाडौँ पुगेका देवगन शनिबार स्वदेश फर्किएका हुन् ।

नेपाल भ्रमणका क्रममा देवगनले प्रधानसेनापति अशोकराज सिग्देलसँग शिष्टाचार भेटवार्ता गरेका थिए । शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटका क्रममा नेपालसँग भारतको द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।

नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरेका थिए। उनले भूतपूर्व सैनिकको सेवामा ईसीएचएसमा नेपालका पहुँचलाई थप अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मेजर जनरल देवगनले पोखराको भ्रमणसमेत गरेका थिए । त्यसक्रममा उनले एक कार्यक्रमका बीच वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरे । उनले नेपालमा भूतपूर्व सैनिकहरूको कल्याणका लागि भारतीय दूतावासस्थित रक्षा प्रभागले गरिरहेको कामको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्