Logo
Logo

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु


5.9k
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकउपर लोकसेवा आयोगसँग परामर्श लिने भएको छ ।  

आइतबार सिंहदरबारमा असोज १८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकउपर लोकसेवा आयोगको परामर्श लिन गृहमन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।

त्यस्तै बैठकले २०७८ साल चैत्र २४ गतेको निर्णयानुसार राष्ट्र बैंकका गभर्नरउपर छानविन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने निर्णय गरेको छ । बैठकले राजस्व न्यायधिकरण विराटनगरको अध्यक्ष पदमा विराटनगर उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्दलाई तोक्ने निर्णय गरेको छ भने राजस्व न्यायधिकरण नेपालगञ्जको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर इजलासका न्यायाधीश सुभास पौडेललाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै वैदेशिक रोजगार न्यायधिकरणको अध्यक्ष पदमा उच्च अदालत दीपायलका न्यायाधीश गोकर्ण डाँगीलाई तोक्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए । बैठकले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने नीजि प्रयोगका बस्तुसम्बन्धी आदेश जारी गर्ने, जल तथा मौसम विज्ञान नीति २०८१ स्वीकृत गर्ने निर्णय गरेको उनले बताए  । 

त्यस्तै बुटवल उपमहानगरपालिकालाई उजीरसिंह रंगशाला आयोजना निर्माणका लागि तीन हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ भने वैदेशिक रोजगार छैटौँ संशोधन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय गरिएको छ ।

त्यस्तै सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा प्राडा ठाकुर प्रसाद दुवाडीलाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्