Logo
Logo

एनपीएलः आरिफ शेखलाई १५ लाखमा सुदूरपश्चिमले किन्यो


315
Shares

काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखलाई नेपाल प्रिमियर लिगमा १५ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्सले पाएको छ ।

उनले १० लाख रुपैयाँ मूल्य राखेका थिए । आइतबार भएको अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाख रुपैयाँ पाएका हुन् ।

मध्यक्रमका भरपर्दा ब्याटर आरिफ अनुभवीसँगै मध्य गतिमा बलिङ पनि गर्ने गर्छन् । नेपालको ओडीआई टोलीमा निरन्तर रहेपनि टीण्ज्ञछण्२० आई टिममा स्थान बनाउन भने संघर्ष गर्ने गर्दछन् । तर घरेलु क्रिकेटमा उनले टीण्ज्ञछण्२० मा राम्रो प्रभाव छाड्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्