Logo
Logo

हेलिकोप्टर प्रयोग गरेर भएपनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन


252
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरमा आइतबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकोप्टर प्रयोग गरेर भएपनि राहत वितरण गर्न निर्देशन दिएका हुन् ।

‘विपदको समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एकाकार भएर काम गर्नुपर्छ। ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्याङ्क छ र सरकारले दिने रु दुई लाख राहत ३९ जनाले पाउनुभएको छ’, उनले भने, ‘बाँकी ६ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण रुपले घर क्षति भएका पाउन योग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्रागीलाई पैसा पठाउँछ ।’

नागरिकले खुला आकास मुनि बस्न नपरोस् भन्दै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था आउन नहुने बताए ।

उनले भने, ‘एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरुले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्