Logo
Logo

हिमालय एयरलाइन्सले जित्यो एभिएसन फुटसलको उपाधि


189
Shares

काठमाडौं । गिता एभिएसनले आयोजना गरेको ‘ एभिएसन फुटसल टुर्नामेन्ट’को उपाधि हिमालय एयरलाइन्सले जितेको छ ।

नेपाल आर्मीलाई पारजित गर्दै हिमालय एयरलाइन्सले उपाधि हात पारेको हो । उपाधि जितेको हिमालय एयरलाइन्सले दुई लाख रूपैयाँ पुरस्कार पाएको छ भने फस्ट रनर अप आर्मीले एक लाख रूपैयाँ पाएको छ ।

शनिबार आयोजित फुटसल खेलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, एयर नाइनेष्टी हेली सर्भिस, सौर्य एयरलाइन्स, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उड्डयन प्राधिकरण र नेपाल आर्मीका प्रतिनिधिहरू सहभागि थिए ।

नेपालको एभिएसनलाई उत्प्रेरणा जगाउन र एयरलाइन्सबीच पारस्पारिक सम्बन्ध बनाउन कम्पनीले पहिलो पटक फुटसल कार्यक्रमको आयोजना हो ।

खेलको सुरूवात नेपाली फिल्म ‘ज्वाइ जाब’का टीम जितु नेपाल, नीति शाह, बुद्धी तामाङ, हिमेश पन्त र गिता एभिएसनबीच भएको थियो।

८ वटा समूहबीच भएको फुटसलमा हिमालय एयरलाइन्सका प्रतिनिधिले जीत हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्