Logo
Logo

एक वर्षदेखि कहाँ छन् विपिन ?


315
Shares

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी इजरायलमा हमास समूहको आक्रमणका क्रममा बेपत्ता भएको एक वर्ष पुगेको छ । एक वर्ष पूरा हुँदा पनि उनको अवस्था भने अझै अज्ञात छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान सङ्कायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । सोही बेला हमास समूहको बन्धनमा परेको बताइएको थियो ।

गत वर्ष असोज २० गते हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो भने जोशी सम्पर्कविहीन भएका थिए । उनको खोजीका लागि इजरायलमा रहेको नेपाली दूतावास र नेपाल सरकारले पहल गरे पनि जोशीको अवस्थाबारे हालसम्म पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्