Logo
Logo

तोकिएकोभन्दा धेरै भाडा लिने १३ जना पक्राउ


504
Shares

काठमाडौं । ट्राफिक प्रहरीले तोकिएको भन्दा धेरै भाडा असुलेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट १३ जनालाई पक्राउ गरेको छ ।

दशैंमा गाउँघर फर्किन खोज्नेहरुसँग नक्कली टिकट बनाएर तोकिएकोभन्दा धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले कोटेश्वरबाट ३, बल्खुबाट ६ सहित १३ जनालाई पक्राउ गरेको होे ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले बल्खु र कोटेश्वर लगाायतका ठाउँबाट १३ जनालाई पक्राउ गरेर कारबाहीका लागी सम्बन्धित प्रहरी वृत्तलाई जिम्मा लगाएको जानकारी दिए ।

दशैंका समय गाउँ फर्किन चाहाने सर्वसाधारणसँग तोकिएको भन्दा बढी भाडा नलिन प्रहरीले आग्रह गर्दै आएको छ । निर्धारित भन्दा बढी भाडा लिएको पाइए प्रहरीलाई जानकारी दिन समेत प्रहरीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्