Logo
Logo

एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा हुने


315
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को मधेस प्रदेश कमिटीको अधिवेशन आगामी पुसमा हुने भएको छ । सोमबार बसेको मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते मधेस प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादीले मङ्सिर महिनाभित्र प्रदेश तथा चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको छ । तर, उक्त निर्णयविपरित मधेस प्रदेशको अधिवेशन पुसमा तय गरेको हो । प्रदेश अध्यक्ष रामचन्द्र यादवले पुसमा अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्