Logo
Logo

बाढीपहिरोबाट २४६ जनाको मृत्यु, १८ अझै बेपत्ता


315
Shares

काठमाडौं । गत असोज ११ र १२ गते अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी सोमबार दिउँसोसम्म २४६ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा ७० जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा १३९ जना, लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा २४६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ३७ जना, कोशी प्रदेशमा १४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ११५ जना गरी जम्मा १७८ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बाढी पहिरोमा परी १८ जना अझै बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विपदमा परेका १७,१७४ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्