Logo
Logo

जीबी राईकी ‘प्रेमिका’ प्रहरी फन्दामा


1.3k
Shares

काठमाडौं । सहकारीबाट ऋण लिएको कही कतै नदेखिए पनि एक महिलालाई प्रहरीले पक्राउ गरेर दुःख दिएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले ती महिलालाई पक्राउ गरेको हो ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भइ ललितपुर बस्ने ३२ वर्षीया लिला पछाईलाई पक्राउ गरिएको हो । तर, उनी सहकारीको ऋणी होइनन् । रवि लामिछानेकै जस्तो आरोप पनि उनको होइन । सहकारीको रकमबाट ऋण लिएर कम्पनी खोलेको र अपचलन गरेको पनि देखिदैन । लामिछानेले जस्तो करोडौँको चेक काटेको पनि देखिदैन । तर, प्रहरीले उनलाई पक्राउ गरेर राखेको छ ।

प्रहरी स्रोतकाअनुसार लिला गितेन्द्रबाबु राई (जीबी) को एक कम्पनीको सामान्य कर्मचारी थिइन् । तर, सामान्य कर्मचारीको रुपमा रहेकी लिलाको नाममा सहकारीबाट ३ करोड रकम गएको देखेपछि प्रहरीले बयानका लागि उनलाई पोखरा बोलाएको थियो । तर, प्रहरीले त्यतै राखिदियो ।

सहकारी संस्थाबाट गैरकानुनी रुपमा जिबी राईसँग मिलेमतो गरी बैंक खातामा लगेको खुलेपछि प्रहरीले बयान दिन आएकी लिलालाई पक्राउ गरेको जनाएको छ । यद्यपि, उनको नाममा ऋण र उनी ऋणी देखिएकी छैनन् ।

अनुसन्धानका क्रममा उनी जिबीकी ‘प्रेमिका’ भएको खुल्न आएको छ । लिलाको नाममा पोखरामा २ वटा घरसमेत रहेको प्रहरी स्रोतले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ अपचलन भएको भन्दै जिबी राईसहित १९ जनाविरुद्ध गत वर्षको असोज १८ गते मुद्दा दर्ता गराएको थियो ।

पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनले भने सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ बचत रहेको उल्लेख गरेको थियो । प्रहरीले लिलालाई प्रतिवादी बनाउने वा नबनाउने भन्ने बारेमा केही जनाएको छैन । तर, उनी ऋणी नभएकाले मुद्धा फितलो हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्